४ माघ २०७८, मंगलवार

‘सरकारले निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था सृजना नगरोस्’

२०७८,मङ्सिर,१६,बिहीवार १९:२४

18
Shares

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषय भन्दा पनि आयल निगम रहने की नरहने भन्ने पहिलो विषय भएको बताएका छन् ।

बिहिबार राज्यका निर्देशन सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्यांकन समितिले गरेको छलफलमा निर्देशक पौडलेले निगमले दैनिक साढे ७ करोड घाटा खाएर काम गरिहेको अवस्थामा मूल्य वृद्धि गरेको विषय उठान गर्नु भन्दा पनि आयल निगम रहने की नरहने भन्ने विषय प्रमुख भएको बताए । निर्देशक पौडेलले सरकारले निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नु पर्ने अवस्था श्रृजना पनि गर्न नहुने बताए । उनले निगम दैनिक साढे ७ करोड घाटामा काम गरिहेको पनि बताए । यस्तो अवस्था निगमले काम गरिरहँदा पनि निगमलाई नै विवादित बनाउनु राम्रो नभएको उनको भनाइ छ । उनले निगमले सबै भन्दा बढी एलपी ग्यासमा घाटा रहेको बताए । एलपी ग्यास नेपालभर दैनिक एक लाख सिलिण्डर खपत हुने गरेको बबताए ।
छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले ग्याँस खपत कम गर्ने विषयमा माथिल्लो निकायसँग छलफल भइरहेको बताए । उनले ग्यासको खपत कम गर्न विद्युतको प्रयोग कसरी बढाउने भन्ने विषयमा धेरै पटक छलफल भएको बताए ।

सचिव पोखरेलले इन्धनमा विश्वका धेरै देशमा कर महँगो नै भएको बताए । उनले मुलुकको इन्धनको आवश्यकता कति होर त्यसको करको रेट कति हुनुपर्छ सबै बसेर छलफल गर्नु पर्ने बताए ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१६,बिहीवार १९:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटबाट ४२ करोड ८४ लाख ७९ हजार रुपैयाँ बजेटको कार्यक्रम संशोधन

काठमाडौं । नेपाल आयल निगमले चालू आर्थिक वर्षको ६ महिनाको अवधीमा १९ अर्ब २६ करोड घाटा व्यहोरेको तथ्यांक सार्वजनिक गरेको

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ५

ताजा समाचार