२० मङ्सिर २०८०, बुधबार

फेरि गोली प्रहारबाट अर्का सुन व्यापारीको हत्या

२०७४,आश्विन,२५,बुधबार ०२:४६

0
Shares

सर्लाही, २५ असोज – सर्लाहीमा पहिचान हुन नसकेका मानिसको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको छ ।मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरिया बस्ने २७ वर्षीय सुनिल साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।मृतकका पिता नागेन्दर साहका अनुसार साँझ पसल बन्द गरेर मोटरसाइकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका तीन÷चार जनाको समूहले मोटरसाइकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन, चाँदी लुटन खोजेका थिए ।सर्लाही प्रहरीका अनुसार प्रतिकार गर्न खोज्दा लुटेराले सुनिलको च्यापुमुनि गोली हानी हत्या गरी मृतकका पिता नागेन्दर साहको झोलामा रहेको नगद तथा सुन, चाँदीसमेत लिएर फरार भएका छन् ।गम्भीर घाइते साहलाई सर्लाही जिल्ला अस्पताल पु¥याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको छ । घटनाको विषयमा अनुसन्धानका लागि फरार समूहको खोजीलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०२:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार