राप्रपा महाधिवेशन : थापा र लिङ्देनले टुंग्याए पदाधिकारीको नाम, को-को भिड्दै ?

लोकपथ
3.7k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दुवै एकता महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेका दुवै प्यानलले पदाधिकारीमा लड्ने उम्मेदवारहरुको टुंगो लगाएका छन् ।

जसमा थापाको प्यानलबाट बुद्धिमान तामा, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानले उम्मेदवारको नाम टुंग्याएको छ । भने महिला उपाध्यमा रोशन कार्कीले उम्मेदवारी दिएकी छिन् । त्यस्तै महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही रहेका छन् ।

यता लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र झा र लीला श्रेष्ठको नाम टुंगो लगाएको छ । भने महामन्त्रीमा रेखा थापा, डा. धवलशमशेर राणा र श्याम तिमल्सिना रहेका छन् । यद्यपी बिक्रम पाण्डेको नाम भने दुवै प्यानलमा राखिएको छ ।

बुधबारबाट काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनको आगामी नेतृत्व चयनका लागि भोलि निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?