प्रदेश नं १ कांग्रेस महाविधेशन : संस्थापन इतरबाट गुरुराज घिमिरे सभापतिको उम्मेदवार

लोकपथ
403
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नं १ को सभापतिमा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले उम्मेवारी दिने भएका छन् ।

कांग्रेसको संस्थापन इतर समूहले घिमिरेलाई प्रदेश सभापतिको उम्मेदवार बनाउन लागेको हो ।

त्यसैगरी प्रदेश नं १ मा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौल समूहबीच गठबन्धन हुने भएको छ । देउवा(सिटौला समूहले झापाका उद्धव थापालाई उम्मेदवार बनाउने भएको छ । झापा कांग्रेसका पूर्वसभापति समेत रहेका थापा सिटौला निकट हुन् ।

बिहीबार एक कार्यक्रमकाबीच भर्चुअल माध्यमबाट सभापति देउवाले कांग्रेसको ७ वटै प्रदेश अधिवेशन उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?