सभापति देउवाले उद्घाटन गरे सात वटै प्रदेशको कांग्रेस अधिवेशन (भिडियोसहित)

लोकपथ
260
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश अधिवेशन उद्घाटन गरेका छन् ।

आज (बिहीबार) दिउँसो भर्चअल माध्यमबाट सभापति देउवाले संयुक्त रुपमा सात वटै प्रदेशको प्रदेश अधिवेशन उद्घाटन गरेका हुन् ।

त्यस्तै कांग्रेसको १४औँ महाधिवेशनका लागि ‘उत्साह, एकता, रुपान्तरण, सफल बनाऔँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन’लेखिएको ब्यानर समेत सार्वजनिक गरेका छन् ।

कार्यक्रमलाई उद्घाटन गर्दै सभापति देउवाले वीपीसहित संस्थापक नेताहरुले छाडेर गएको विचारका आधारमा पार्टी चलिरहेको बताए । त्यसैगरी लोकतन्त्र बलियो भएमा मात्रै विकास हुने बताउँदै कांग्रेसको काँधमा लोकतन्त्रलाई बलियो बनाउनुपर्ने भूमिका आइपरेको स्पष्ट पारे ।
देउवाले भने, ‘१४ औँ महाधिवेशनको संघारमा, ऐतिहासिक प्रदेश अधिवेशनमा छौँ । बीपी कोइराला र अन्य नेताले छोडेर जानु भएको विचारको आधारमा कांग्रेस अघि बढिरहेको छ । ‘लोकतन्त्र बलियो भयो भनेमात्र विकास हुन सक्छ । त्यो कांग्रेसको काँधमा छ ।’

त्यसैगरी कांग्रेसको प्रदेश अधिवेशनले पार्टीलाई थप बलियो बनाएर लैजाने बताउँदै अब पार्टीका सबै क्षेत्रको ध्यान चुनावतिर हुनुपर्नेमा जोड दिए । ‘प्रदेश महाधिवेशनले नेपाली कांग्रेसलाई थप मजबुत बनाएर जनविश्वास कसरी जित्ने भन्ने छलफल हुनेछ भन्ने विश्वास छ । हाम्रो ध्यान ध्यान चुनावतर्फ हुनुपर्छ ।’ देउवाले भने ।

१४औँ महाविधेशन अन्तर्गत आजबाट सात वटै प्रदेशको अधिवेशन उद्घाटन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?