ध्यू कुमारी खाँदै हुनुहुन्छ ? यो कुरा पनि थाहा पाउनुहोला

लोकपथ
0
Shares

ध्यू कुमारी (एलाे भेरा) लाई धेरै नै बहु गुणकारी बिरुवा मानिन्छ । सदियौँ देखि विभिन्न किसिमका रोग व्याधि देखि समस्याहरूलाई समाधान गर्न यो बिरुवा प्रयोग हुँदै आइरहेको छ । छाला, कपाल, विभिन्न घाउको सामान्य उपचार ध्यू कुमारी वाटै गरिन्छ भने स्वास्थ्यका विभिन्न किसिमका समस्याहरूलाई पनि यसैबाट समाधान गर्ने गरिएको छ ।

अहिले ध्यू कुमारीलाई स्वास्थ्य र सौन्दर्य बढाउने कार्यमा प्रयोग भएको हेर्ने हो भने ध्यू कुमारी कुनै वरदान पाएको बिरुवा भन्दा फरक पर्दैन । त्यसैले अहिले अधिकांशले घरमा एउटा न एउटा ध्यू कुमारीको बिरुवा रोपेकै हुन्छन् ।

पछिल्लो पटक कस्मेटिक र स्किन केयर कम्पनीले आफ्ना अधिकांश उत्पादनमा ध्यू कुमारीको व्यापक प्रयोग गर्न थाले पछि यसको महत्त्व झनै बढेको छ । ध्यू कुमारीको प्रयोगले धेरै कुरामा फाइदा गरे पनि केही कुरामा यसको प्रयोग बेफाइदाजनक नै हुने गर्छ । त्यसैले विशेष जानकारी नराखी यसको प्रयोग गर्ने हो भने ध्यू कुमारीको प्रयोगले छाला, कपाल र शरीरमा नकारात्मक असर पनि गर्न सक्ने सम्भावना हुन्छ ।

पेटको समस्या
ध्यू कुमारीको पातमा लेटेक्स नामक पदार्थ पाइन्छ । यो ध्यू कुमारीको पातको भित्री बोक्रामा रहेको हुन्छ । धेरै व्यक्तिलाई ध्यू कुमारीको लेटेक्सले एलर्जी गर्ने गर्छ । यस्तो अवस्थामा यसको सेवनले पेटलाई थप समस्यामा ल्याउन सक्छ । यदि यसको एलर्जी छ र यसको सेवनले पेटमा जलन (पोल्ने), पेट उमठ्ने समेत हुन्छ । कतिपय अवस्थामा यसको सेवनले शरीरमा पोटासियमको मात्रामा कमी समेत ल्याउने गर्छ ।

छालाको एलर्जी
धेरै व्यक्तिलाई ध्यू कुमारीको गुदीले एलर्जी गर्ने गर्छ । यदि यसको एलर्जी हुदाँहुदै पनि प्रयोग गरेमा छालाको एलर्जी हुनुका साथै आँखा रातो हुने, छाला सुख्खा हुने र चिलाउने जस्ता किसिमका समस्याहरू देखा पर्न सक्छ ।

ब्लड सुगरमा कमी
ध्यू कुमारीको जुसलाई नियमित सेवन गर्ने हो भने शरीरमा रहेको ब्लड सुगरको मात्रामा कमी ल्याउँछ । ध्यू कुमारीको जुसमा लेक्सेटिभको प्रभाव रहेको हुन्छ । यसले मधुमेहका बिमारीहरूको शरीरमा इलेक्ट्रोलाइटमा असन्तुलन ल्याउने सम्भावना बढी हुन्छ । यदि तपाईँमा मधुमेह छ र ध्यू कुमारीको जुस सेवन गर्दै हुनुहुन्छ भने एक पटक चिकित्सकसँग परामर्श गर्नु नै राम्रो मानिन्छ ।

गर्भवती अवस्थामा
गर्भवती भएको अवस्था र स्तनपान गराइरहेका महिलाहरूले ध्यू कुमारीको जुस सेवन गर्नु हुदैंन । ध्यू कुमारीको जुसमा छालालाई खुम्चाउने गुण रहेको हुन्छ । यदि गर्भवती भएको अवस्थामा यसको सेवन गर्दा बच्चा पाउने बेलामा गाह्रो हुने सम्भावना बढी हुन्छ ।

डिहाइड्रेशन
ध्यू कुमारीको जुसमा पाइने लेक्सेटिभले शरीरमा पानीको कमी गर्ने सम्भावना बढी हुन्छ । लेक्सेटिभको प्रयोग बिशेषत कब्जियत भएको बेला र पेट सफा गर्ने बेलामा सेवन गर्ने गरिन्छ ।

कलेजोमा समस्या
ध्यू कुमारीमा बायो एक्टिभ कम्पाउन्ड पाइन्छ । जसले कलेजोले आफूले आफूलाई सफा गर्ने प्रक्रियामा रोकावट ल्याउने काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?