काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा नेता सुन्दर पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।
राप्रपालाई बलियो शक्ति बनाउन युवाहरुको उपस्थिति बलियो हुनुपर्ने विचार राख्दै आएका पाण्डेले बिहीबार केन्द्रीय सदस्य (खुल्ला) तर्फ उम्मेदवारी घोषणा गरेका हुन् ।
यसअघि पनि केन्द्रीय सदस्य रहेका पाण्डे राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनी निकट मानिन्छन् । पाण्डे राप्रपाभित्र स्पष्ट र जुझारु नेतृत्वको रुपमा परिचित छन् ।
नुवाकोटका पाण्डेले युवा नेतृत्वको आवश्यकता रहेको भन्दै आफ्नो समर्थन राजेन्द्र लिङ्देनलाई रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया