राप्रपाद्वारा आर्थिक कार्यपत्र प्रस्तुत : यस्ता छन् कार्ययोजना (पूर्णपाठ)

लोकपथ
156
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आर्थिक कार्यपत्र प्रस्तुत गरेको छ ।

‘पृथ्वीपथ’ नाम दिइएको उक्त कार्यपत्र अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेका हुन् ।
डा. लोहनीको संयोजकत्वमा रहेको उक्त कार्यपत्र समितिमा उद्धव पौडेल, विष्णु पन्त, डा. विष्णु भण्डारी र हेमराज कार्की सदस्य रहेका छन् ।

उक्त कार्यपत्रलेम पृथ्वी नारायण शाहले नेपालको अर्थ राजनीति र नेपालको विशिष्टताबारे गरेको चिन्तन २१ शताब्दीमा निरन्तरतासहितको गतिशीलता कायम गर्दै अगाडि बढ्न उपयुक्त हुने समेत बताइएको छ ।

कार्यपत्रमा भनिएको छ, ‘राज्य र राष्ट्र निर्माण सम्बन्धमा पृथ्वीनारायण शाहले दिएको मार्ग निर्देशन र अभिव्यक्तिलाई देशका तथाकथित वाम र काङ्वुद्धिजिवीहरुले पुरातनवादी भनी आलोचना गर्ने गरेको छन् । यो दृष्टिकोणले व्यवहारिक ज्ञान र त्यसको सैद्धान्तिकरण बीचको फरकलाई नबुझेको तथ्य मात्र देखाउँछ । राज्य र राष्ट्रनिर्माण गर्दै आर्थिक समुन्नतिको बाटोबारे पृथ्वीनारायण शाहका व्यवहारिक अभिव्यक्ति आज २१ औँ शताब्दीमा निस्केका राज्य निर्माण र सामाजिक र आर्थिक सम्पन्नताका विभिन्न सिद्धान्तहरुसँग मेल खान्छ । कुनै पनि सोच जब वैज्ञानिक चिन्तनको मापदण्डमा खरो उत्रिन्छ, त्यसबखत त्यो सोच सिर्फ सोचमात्र नभएर ज्ञान हुन पुग्छ ।’

त्यसैगरी राप्रपाले आगामी १५ वर्षभित्र नेपालको प्रति व्यक्ति आम्दानी ३००० डलर पुर्‍याउनु हाम्रो बृहत् आर्थिक लक्ष्य हुने बताएको छ । यसको लागि कृषिको वृद्धिदर सालाखाला ४.५ र गैरकृषि क्षेत्रको वृद्धिदर ८ देखि ९ प्रतिशत कायम गरिने कार्यपत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?