गल्ती स्वीकार गर्दै कमल थापाले भने, ‘अब सत्तामा जाँदा विचार गर्छु’

लोकपथ
429
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विगतमा पार्टी सरकारमा जाँदा गल्ती भएको स्वीकारेका छन् । ‘विगतमा पटक–पटक राप्रपा सरकारमा सहभागी हुँदा पार्टीको एजेण्डा ओझेलमा पर्यो भन्ने पार्टीका आम कार्यकर्ताहरुको गुनासो छ ।

हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी सरकारमा जुनसुकै सरकारमा सहभागी भएको पार्टीका सहयोगी र शुभचिन्तकहरुलाई चित्त बुझेको छैन’, महाधिवेशनमा थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा भनिएको छ, ‘यो वास्तविकतालाई हृदयंगम गर्दै आगामी दिनमा सत्ता केन्द्रित होइन सिद्धान्त र जनता केन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुनेछ ।’

उनले सरकारमा सहभागिताका सम्बन्धमा भविष्यमा निर्णय गर्दा राप्रपाले आफ्नो सिद्धान्त र मान्यतालाई सदृढ तुल्याउने सर्तलाई मुख्य आधार बनाउने पनि बताएका छन् । थापाले सत्तासँग एजेण्डा साटेको भन्दै आलोचना हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?