काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले बाँकी ६ जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजबाट प्रदेश अधिवेशन सुरु हुँदै छ । साथै बाँकी रहेका जिल्लाको अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि मात्रै हुने निर्वाचन समितिले जनाएको छ ।
‘नेपाली कांग्रेसको चौधौँ महाविधेशन अनतर्गत आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरुको जिल्ला कार्यसमितिको निर्वाचन लगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ । ‘पार्टीको चौधौँ महाधिवेशन पश्चात केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिका अनुसार स्थगत गरिएका जिल्लाको अधिवेशन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यसै विज्ञप्ति मार्फत सूचीत गरिन्छ । ’
बाँकी रहेका जिल्लामा पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि भने छनोट भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया