नेकपामा झापाका १२ केन्द्रीय सदस्य

झापा : हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाबाट १२ जना केन्द्रीय कमिटी सदस्य नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन नेकपा (एमाले) का १० जना र तत्कालीन नेकपा (माओवादी केन्द्र) का दुईजना परेका हुन्। तत्कालीन एमालेबाट नेकपाको केन्द्रीय सदस्यमा हिक्मत कार्की, रवीन कोइराला, भास्कर काफ्ले, हरि राजवंशी, नरेश खरेल, युवराज कार्की, देवेन्द्र दाहाल, डा युवराज खतिवडा र देवराज घिमिरे रहेका छन् । 

त्यसैगरी, तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट सुरेन्द्र कार्की (पार्थ) र धर्मशीला चापागाई परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?