यस्तो छ आजको सुनचाँदीको बजारभाउ

लोकपथ
871
Shares

काठमाडौं । आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ । यद्यपी चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाली बजारमा आज छापवाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । छापवाला सुन बुधबार पनि प्रतितोला ९१ हजार ५०० रुपैयाँमै कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन ९१ हजार रुपैयाँमा कायम भएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर १ हजार १ सय ९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?