प्रिमियर लिग फुटबल : एभर्टनमाथि लिभरपुलको सहज जित

लोकपथ
195
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनमाथि जित हात पारेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गरे । जोर्डन हेण्डरसन र डिएगो जोटाले एक एक गोल गरे ।

एभर्टनका डेमाराई ग्रेले एक गोल फर्काए ।

जितसँगै लिभरपुलले १४ खेलमा ३१ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । एभर्टन १५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?