काँग्रेसले दियो महाधिवेशनमा पाहुना स्वागत गर्ने कमिटीलाई पूर्णता

लोकपथ
0
Shares

काँग्रेसले पार्टीको १४ औं महाधिवेशनमा सहभागी हुने स्वदेशी तथा विदेशी पाहुनाको स्वागत तथा व्यवस्थापनका लागि गठन गरेको समितिले पूर्णता पाएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको गत कार्तिक २८ गते बसेको बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा ‘१४ औं महाधिवेशन स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति’ गठन गरेको थियो ।

उक्त समितिलाई पूर्णता दिइएको सचिव प्रकाश शर्माले जनाएका छन् । शर्माका अनुसार समितिमा १६ जनालाई सदस्यको जिम्मेवारी दिइएको छ । समितिको सदस्यमा पार्टीका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, अम्बिका बस्नेत, मिन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डिला संग्रौला छन् । यस्तै, आमन्त्रित केन्द्रीय सदस्यद्वय बालकृष्ण पाण्डे र आनन्द (गोरख) विस्ट पनि सदस्यमा मनोनित भएका छन् ।

समितिका अन्य सदस्यमा सांसद दिव्यमणि राजभण्डारी, संविधानसभा सदस्य राजीवविक्रम शाह, प्रभु बुढाथोकी, दिनेश भट्टराई, सुशील नाहटा, दिपक महत, याङ्किला शेर्पा, आङछिरिङ शेर्पा र रामशरण थपलिया छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?