नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

लोकपथ
338
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार नबिल बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएकाे छ ।

नेप्सेका अनुसार “८% नबिल डिबेन्चर २०८५” काे २२ लाख ७ हजार एक सय ८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हो ।

बैंकले साउन १० गतेबाट साउन २४ गतेसम्म ७ वर्ष अवधिको ८ प्रतिशत व्याजदर रहेको “८% नबिल डिबेन्चर २०८५” नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएकाे हाे । सर्वसाधारणका लागि छुट्याइएकाे कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे ।

नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीचको ऋणपत्र सूचीकरण सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुखकार्यकारी अधिकृतअनिल केशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन् ।

उक्त ऋणपत्र भोलि (बिहिबार)बाट दोश्रो बजारको कारोबारमा आउनेछ । ७बर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी २०८५/०४/३० मा हुनेछ ।

साथै, नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबार सम्बन्धीअभिलेख राख्ने, दाखिलखारेज, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागिश्री नबिलइन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडसँग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?