नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा ईन्द्र बानियाँद्वारा उम्मेदवारी घोषणा

लोकपथ
832
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् ।

बानियाँले आज (बुधबार) रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गरी उम्मेवारी घोषणा गरेका हुन् ।

कांग्रेस बागमती संसदीय दलका नेतासमेत रहेका बानियाँ मकवानपुर कांग्रेसका सभापति रहेका हुन् ।

उक्त कार्यक्रममा पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता उदयशमशेर राणा, कांग्रेस केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह लामा लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

बानियाँले पार्टी सभापति शेरबहादुर देउवाको पक्षबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसको बागमती प्रदेश सभापतिमा संस्थापनपक्षबाटै नेता मोहनबहादुर बस्नेतले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।

त्यसैगरी नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले यसअघि नै प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । भने वरिष्ठ नेता पौडेल समूहबाट नेपाली कांग्रेस नुवाकोटका पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले समेत उम्मदेवारी दिने तयारी गरेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मंसिर १८ गते प्रदेश अधिवेशन हुँदैछ । त्यसका लागि मंसिर १६ गते मतदाताहरुको अन्तिम नामावली सार्वजनिक र १७ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?