लुम्बिनीमा कांग्रेस अधिवेशन : प्रदेश सभापतिका लागि को-को छन् आकांक्षी ?

लोकपथ
364
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको प्रदेश अधिवेशनको सरगर्मी बढेको छ ।

सो क्रममा नेताहरुले संस्थापन र संस्थापन इतर समूहबाट आ(आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट भरतकुमार शाह र संस्थापन इतरबाट अमर पुनले उम्मेदवारी घोषणा गरेका छन् ।

रुपन्देहीका कांग्रेस सभापति समेत रहेका रामकृष्ण खाँणले समेत संस्थापन समूहबाट शाहलाई अघि बढाउने सहमति भएको बताएका छन् । तर संस्थापन इतरबाट सहमति नभएमा अर्को उम्मेदवार समेत खडा हुनसक्ने बताइएको छ । त्यसो हुँदा लुम्बिनीमा सभापतिका लागि तीनै (देउवा, पौडेल र सिटौला) समूहबाट उम्मदेवारी पर्ने देखिएको छ ।

आगामी मंसिर २४(२७ गते सम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि १८ गते प्रदेश अधिवेशन तोकिएको छ । भने मंसिर १७ गते उम्मेदवारी घोषणा गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?