२ माघ २०७८, आईतवार

कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा

२०७८,मङ्सिर,१५,बुधबार १७:०२

9
Shares

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् ।

उनले आफ्नो निकटतम प्रतिस्पर्धी पार्टीका निवर्तमान सभापति विनोदकुमार बस्नेतलाई १४२ मत अन्तरले पछि पार्दै विजयी भएका हुन्।

मङ्सिर २ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारले कांग्रेसको विधान बमोजिमको मत ल्याउन नसक्दा सो पदका लागि दोस्रो चरणको निर्वाचन मङ्गलबार भएको थियो । कूल ८९७ मत खसेकोमा सोलु दूधकुण्ड नगरपालिकाका प्रमुखसमेत रहनुभएका शेर्पाले ५१३ र बस्नेतले ४७१ मत प्राप्त गरेका थिए ।

पहिलो चरणको निर्वाचनमा ८८२ मत खस्दा बस्नेतले ४२८ र शेर्पाले ४१८ मत प्राप्त गरेका थिए भने सभापति पदका अर्का उम्मेद्वार रामबहादुर बस्नेतले ५ मत प्राप्त गरेका थिए । अघिल्लो मतपरिणाम अनुसार १० मत अन्तरले अगाडि रहेका बस्नेत दोस्रो चरणको निर्वाचनमा भने १४२ मत अन्तरले हार व्यहोरेका छन् ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१५,बुधबार १७:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ज्नकपुरधाम ।  प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति नभएको भन्दै विशेष समितिले निर्वाचन प्रक्रियाबाट नाम र राजधानीको

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनपरि ढङ्गबाट प्रयोग

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले प्रदेशको २ को स्थायी राजधानी जनकपुरधामलाई मुख्यमन्त्री लालबाबु राउतदेखि सम्पूर्ण पार्टीका संसदीय दलका नेतालाई

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६