काठमाडौं : नेपालको राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्ड्ससँग अन्तरराष्टिय एकदिवसीय क्रिकेट खेल्ने भएको छ । १ र ३ अगस्टमा नेदरल्याण्ड्समा दुर्इ खेलको अोडीअार्इ खेल्ने क्रिकबजले जनाएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले पनि नेदरल्याण्ड्सले अोडीअार्इ खेल्न पत्राचार गरेको जानकारी दिएका छन् । क्रिकबजका अनुसार अहिलेसम्म नेदरल्याण्ड्सले नेपालसँग क्रिकेट खेल्ने मैदानको टुंगो नलगाएपनि तयारी भने तीब्र पारेको छ ।
नेदरल्याण्ड्ससँग अोडिअार्इ खेल्नुअघि जुलार्इ २९ मा नेपालले इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा नेदरल्याण्ड्स र मेरिलेबोन क्रिकेट क्लबसँग एक दिवसीय त्रिकोणात्मक टी-ट्वान्टी खेल खेल्नेछ । अोडीअार्इ ५० अोभरको हुन्छ भने टी-ट्वान्टी क्रिकेट २० अोभर खेलिन्छ ।
केहिअघि सम्पन्न विश्वकप क्रिकेट छनोट प्रतियोगितामार्फत नेपालले चार बर्षका लागि एकदिवसीय मान्यता पाएको थियो । एकदिवसीय मान्यता पाएलगत्तै पाकिस्तान र बंगलादेशले पनि नेपालसँग अोडीअार्इ खेल्न र्इच्छा देखाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया