२६ श्रावण २०७९, बिहीवार

संसद् कर्मचारीको खाजा खर्च १२ करोड !

२०७४,आश्विन,२५,बुधबार ०१:३१

0
Shares

काठमाडौं, २५ असोज- ८० प्रतिशत भत्ता खाइरहेका संसद्का कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फर्स्योट गर्ने प्रयास भइरहेको छ ।अर्थ मन्त्रालयको स्वीकृतिविपरीत संसद्को व्यवस्थापन समितिले कर्मचारीलाई ८० प्रतिशत भत्ता र दैनिक (कार्यालयको दिन ६ सय र बिदाको दिन ७ सय ५०) रुपैयाँ खाजा भत्ता दिएको थियो ।कर्मचारीलाई दोहोरो सुविधा दिन नमिल्ने भन्दै महालेखा परीक्षकको कार्यालयले कर्मचारीको खाजा भत्तामा बाँडिएको १२ करोड रुपैयाँ बेरुजु निकालेको थियो । यति ठूलो रकम बेरुजु हुने देखेपछि सभामुख ओनसरी घर्तीमगरले महालेखा परीक्षकसँग आफै कुराकानी गरेर बेरुजु फर्स्योट गर्न प्रक्रिया सुरु गरेकी हुन्, अन्नपूर्ण पोस्टमा खबर छ ।आफ्नो स्वीकृतिविपरीत भत्ता बाँडेको भन्दै अर्थ मन्त्रालयले पनि सहमति दिन मानेको थिएन । सभामुख घर्तीले अबदेखि दोहोरो सुविधा नबाँड्ने सर्तमा अर्थबाट सहमति लिई बेरुजु फस्र्याेटका लागि महालेखामा पत्राचार गरेकी छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०१:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार (आज) यस्तै अपत्यारिलो घटना भएको

दाङ । दाङमा लोपोन्मुख जातिको बसोवास भएको क्षेत्र हो । नेपालमा कमै मात्र रहेको कुसुन्डा जातिको बसोवास दाङमै छ ।

काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु

काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल

ताजा समाचार