नेपालमै मल कारखानाको स्थापना गर्नु आवश्यक छ : कृषिमन्त्री यादव

लोकपथ
494
Shares

ललितपुर । कृषि पत्रकार महासंघ नेपालद्वारा बुधबार कुपण्डोल स्थित रहेको होटेल मैक्सिम्समा आयोजित रासायनिक मलको संकट र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले भने, मल संकटलाई समाधान गर्नका लागि नेपालमै मल कारखानाको स्थापना गर्नु आवश्यक रहेको उनले बताए ।

वर्तमान अवस्थामा सरकारसँग उपलब्ध रहेको मललाई सन्तुलित हिसाबले वितरण गर्नुपर्ने बताउँदै मन्त्री यादवले भने, अब मलको अभाव नहुने जनाए । मल वितरण प्रणालीलाई पारदर्शी बनाउनका लागि डिजिटल माध्यमलाई प्रयोगमा ल्याउन मन्त्रालयले आवश्यक पहल थाल्ने उनले जानकारी गराएका छन् ।

मलको समस्याको विकल्प मलको भण्डार भएको मन्त्री यादवले बताए । उनले भने, कृषिलाई प्राथमिकतामा राखेर नीति, नियम समेतलाई संशोधन गरि मल अभावलाई सहज गर्दै लाने आफु प्रतिबद्ध रहेको उनले जनाएका छन् ।

हिउँदे र वर्षायामको खेति समेतलाई पुग्ने गरि वर्षमा ५ देखि ७ लाख मेट्रीक टन मल आवश्यक रहेको बताउदै मन्त्री यादवले भने, आत्मनिर्भरको कुरा गरिरहदा रासायनिक मलको विकल्पमा प्राङ्गारिक मललाई समेत प्रोत्साहन गर्नुपर्ने उनले सुझाव दिए । मन्त्रालयको तर्फबाट प्राङ्गारिक मललाई प्रोत्साहन गर्नका लागि तत्काल आवश्यक पहल थाल्ने समेत मन्त्री यादवले बताएका छन् ।

मल आयात प्रक्रियामा कृषि ऎन र भन्सार ऎन बाझिएको कारणले आयातमा समस्या हुँदै आएकोले खरिद ऎनलाई किसानमुखी बनाउनुपर्नेमा मन्त्री यादवले जोड दिए ।

मलको कालोबजारी गर्ने जोसुकैलाई पनि छुट नदिइने र कारबाहीको दायरामा ल्याउने समेत मन्त्री यादवले बताए ।

माटो परिक्षणको सवालमा सातवटै प्रदेशमा परिक्षण केन्द्रको स्थापनाका लागि मन्त्रालयले आवश्यक पहल अगाडि बढाउने मन्त्री यादवले जनाएका छन् । बीउ सवालमा आधिकारिक वितरण केन्द्रहरू वितरण गरेको बिउबाट बाली नफलेको अवस्थामा प्रती रोपनी २२ सय पचास रुपैयाँ सम्बन्धित किसानलाई क्षतिपूर्तिको रुपमा सम्बन्धित वितरण केन्द्रले तिर्नुपर्ने व्यवस्था समेत रहेको उनले जानकारी गराए ।

कृषि पेशालाई आधुनिकीकरण, व्यवसायीकरण, भण्डारीकरण र बजारीकरण गरे मात्र किसानको समस्या समाधान हुने र मन्त्री यादवले स्पष्ट पारे । उनले भने, उत्पादन वस्तुको मूल्य किसानले नै निर्धारण गर्न पाउनुपर्ने बताए । किसानको उन्नति, प्रगति र समृद्धिलेनै देशलाई समृद्ध बनाउन सक्ने मन्त्री यादवले ठोकुवा गरे ।

सामुहिक खेती प्रणालीको माध्यमबाट वैदेशिक रोजगारीमा जाने युवा पुस्तालाई देशमै रोक्न सकिने र सो जनशक्तिलाई आफ्नै देशमा सदुपयोग गर्न सके कृषि क्षेत्रलाई अझ बलियो बनाउन सकिने मन्त्री यादवले बताए ।

कृषिमा राज्यले प्रदान गर्दै आएको अनुदान सुविधा लक्षित समुहसम्म पुग्न नसकेको र विपन्‍न किसानको जीवनस्तर उकास्‍न भन्दै आएको अनुदान सुविधा टाठाबाठा र पहुँचवालाले लिदै आएको समेत मन्त्री यादवले बताएका छन् ।

यो गलत प्रवृत्तिलाई तोड्न आफुले कुनै कसर बाकी नराख्ने बताउदै मन्त्री यादवले भने, “वास्तविक किसानले अनुदान नपाएकै कारण न कृषि उत्पादन बढायो, न विपन्न किसानको जीवनस्तरमा सुधार आयो ।”

संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव प्रमुख अतिथि रहेका सो कार्यक्रमका विशिष्ट अतिथिका रुपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचीव डा. श्री गोविन्द प्रसाद शर्मा, अतिथिका रुपमा साल्ट ट्रेडिङ्का मल प्रबन्धक पंकज जोसि, कृषि सामग्री कम्पनी लि. का प्रबन्ध संचालक नेत्र बहादुर भण्डारी, मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकाल, अन्तरास्ट्रिय मामिला विद डा. दिनेश खनाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निजि सचीव डा. दिनेश कुमार यादव, राष्ट्रिय कृषि समूह महासंका सचीव रामहरी शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य कृषि पत्रकार महासंघ नेपालका उपाध्यक्ष सुमन पन्तले राखेका थिए ।

कार्यक्रमको अध्यक्षता कृषि पत्रकार महासंघ नेपालका अध्यक्ष बैकुण्ठ भण्डारीले गरेका थिए ।

सञ्चारकर्मी समेतको उपस्थिति रहेको सो कार्यक्रमको उद्घोषण भने कृषि पत्रकार महासंघ नेपालकी कोषाध्यक्ष कमला भट्टराईले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?