रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने

लोकपथ
602
Shares

काठमाडाैं । राप्रपा नेपालकी नेता तथा नायिका रेखा थापा पार्टीको महामन्त्री पदमा उठ्ने तयारी गरेकी छन् । आजबाट काठमाडौंमा सुरु भएको राप्रपाको महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेकी हुन् ।

काठमाडौँको भृकुटीमण्डपमा भइरहेको राप्रपा नेपालको उद्घाटन कार्यक्रमपछि आजै बेलुकाबाट बन्दसत्रको कार्यक्रम हुने तय भएको छ । उम्मदेवारी मनोनयन, दर्ता र निर्वाचनलगायतका कार्यक्रम भने बिहीबार हुनेछ ।

राप्रपामा अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री समेत रहेका सांसद राजेन्द्र लिङ्देन अध्यक्ष पदमा उठ्ने तयारीमा छन् ।

रेखा थापा लिङ्देन पक्षबाट महामन्त्री पदमा उठ्ने तयारीमा छिन् । महामन्त्रीमा रेखासहित लिङ्देन पक्षबाटै नेता गोविन्द खनिया र नेपालगञ्ज उपमहानगरका मेयर समेत रहेका नेता धवल शम्शेर राणा पनि आकांक्षी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?