लक्ष्मी बैंकको डिजिटल डिसेम्बरको तेस्रो संस्करण, ग्राहकलाई यस्तो सुविधा

लोकपथ
117
Shares

काठमाडौं । बैकिङ्ग क्षेत्रमा प्राविधिक तहमा अग्रणी रूपमा रहेको लक्ष्मी बैंकले आफ्नो ग्राहकहरुलाई सधैँ डिजिटल बैकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको छ । त्यसै क्रममा लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ ।

#DigitalDecember नाम गरिएको सो योजनाले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैकिङ्ग प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्दछ । यो एक महिने अभियानको उद्देश्य ग्राहकहरूलाई बैंकको डिजिटल बैंकिङ सेवाहरूमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु हो ।

डिजिटल डिसेम्बरको यस संस्करण QR भुक्तानीको प्रवर्द्वन गर्नमा केन्द्रित छ र ‘लक्की ड्र’द्वारा आफ्ना ग्राहकहरुलाई QR भुक्तानी गर्न र व्यवसायीहरुलाई त्तच्बाट लेनदेन गर्न प्रोत्साहन गर्दछ । यस योजनाअन्तर्गत, डिजिटल डिसेम्बर भरि हरेक हप्ता ३ भाग्यशाली QR व्यवसायीहरुले ५ रुपैयाँ नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली QR भुक्तानी गर्ने ग्राहकले ५ सय रुपैयाँसम्मको ५०५ क्यास ब्याक जित्न सक्नेछन् ।

साथै यस योजनाको अवधिभरि, मोबाइल मनीका नयाँ प्रयोगकर्ताहरुले मोबाइल मनीमार्फत १ रुपैयाँभन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरुमध्ये ५०० जना भाग्यशाली ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा ५०० रुपैयाँ क्यास ब्याक पाउन सक्नेछन्। यसका साथ साथै डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरि मोबाइलमनी सब्स्क्राइब गर्ने सबैले एक महिना सो सेवा निशुल्क पाउन सक्नेछन् ।

डिजिटल डिसेम्बरको यो संस्करण सुरु भइसकेको छ । लक्ष्मी बैंकले यसअन्तर्गतका पुरस्कारका योजनाहरु यसै सातादेखी सार्वजनिक गर्दै जानेछ । थप जानकारीका लागि लक्ष्मी बैंकको सामाजिक सञ्जालहरु हेर्न सक्नेछन् भने लक्ष्मी बैंकको भाइबर कम्युनिटीमा सामेल हुन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?