सेयर बजारमा सामान्य वृद्धि, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

लोकपथ
78
Shares

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा आज (बुधबार) भने सामान्य वृद्धि देखिएको छ । नेप्से परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने २ अर्बमा खुम्चिएको छ ।

यसले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको संकेत गर्दछ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ५.२८ अंकले बढेर २६३३.६५ बिन्दुमा उक्लिएको छ ।

यता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ०.८९ अंकले बढेर ४९६.७४ बिन्दुमा पुगेको छ ।

आज कुल २२३ कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । त्यसैले कारोबार पनि घटेर २ अर्बमा खुम्चिएको हो । आज २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँको कारोबार भएको छ ।

आज कुल १३ वटा उपसमूहमध्ये ९ वटा समूहको सेयर बढेको छ भने बाँकि ४ वटा उपसमूहको सेयर घटेको छ ।

आज ३ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सामलिङ्ग पावर कम्पनी, न्यादी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका हुन् ।

यता आईसीएफसी फाइनान्सको सेयरमूल्य सर्वाधिक घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?