कमल थापाले भने– ‘राप्रपा राजादेखि विप्लवसम्मलाई एकै ठाउँमा ल्याउन चाहन्छ’

लोकपथ
338
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीले पूरानो व्यवस्था फर्काउन नचाहेको स्पष्ट पारेका छन् ।

बुधबार राप्रपाको एकता महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै राप्रपाको अध्यक्षका प्रत्यासी समेत रहेका थापाले पुरानो व्यवस्था नभई राप्रपाले सबैलाई अटाएर जाने बाटो रोजेको बताए ।

‘राप्रपा पुरानो व्यवस्थामा फर्किन खोजेको छैन । राप्रपा सुदृढ प्रजातन्त्रको पक्षमा हो । राप्रपा राजादेखि विप्लव माओवादीसम्म अटाउने व्यवस्था ल्याउन खोजेका हौँ’, अध्यक्ष थापाले भने ।

त्यस्तै आफूहरुले २०६३ सालभन्दा अघिको नभई हिन्दु राष्ट्रसहितको राजसंस्था राप्रपाले चाहेको बताए ।

जनतामा परेको भ्रमजस्तो आफूहरुले निरंकुश राजतन्त्र फर्काउन नचाहेको समेत उनले स्पष्ट पारे । साथै राप्रपाले लोकतन्त्र र गणतन्त्रप्रति कुनै पनि आपत्ति नभएको बताए ।

‘राजसंस्थाको कुरा गरेर निरंकुश राजतन्त्रको कुरा गरेको होइन’, उनले भने, ‘यो लोकतन्त्रप्रति हाम्रो आपत्ति छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?