‘द म्याट्रिक्स रिसुरेक्सन्स’को पोस्टर सार्वजनिक, प्रियंका चोपडा सतीको भूमिकामा देखिने

लोकपथ
442
Shares

काठमाडौं । म्याट्रिक्स शृंखलाको चौथो भाग ‘द म्याट्रिक्स रिसुरेक्सन्स’ को कोरियन पोस्टर सार्वजनिक भएसँगै अभिनेत्री प्रियंका चोपडाले फिल्ममा अभिनय गर्ने चर्चा फेरि बढेको छ ।

पोस्टर बाहिरिएसँगै केही समयदेखि चलिरहेको हेडलाइन्स साँचो भएको स्पष्ट भएको छ । म्याट्रिक्सको चौथो भागमा प्रियंका सतीको भूमिकामा देखिने भएकी छिन् । २२ डिसेम्बरमा रिलिज हुन लागेको फिल्ममा प्रियंकाको भूमिका निर्वाह गर्न पाएकोमा उनका फ्यानहरु निकै खुसी छन् ।

‘म्याट्रिक्स’ फ्रेन्चाइज ‘द म्याट्रिक्स’को पहिलो भाग सन् १९९९ मा रिलिज भएको थियो। दोस्रो भाग ‘द म्याट्रिक्स रिलोडेड’ मे २००३ मा र तेस्रो ‘द म्याट्रिक्स रिभोलुसन’ नोभेम्बर २००३ मा रिलिज भएको थियो। अहिले फ्यानहरु यो विज्ञान कथाको चौथो भागको प्रतिक्षामा छन् ।

फिल्म का कोरियन पोस्टर आया सामने

फिल्मको कोरियन पोस्टर सार्वजनिक भएको छ । वार्नर ब्रदर्स कोरियाले इन्स्टाग्राममा फिल्मको पोस्टर सार्वजनिक गरेको छ, जसमा प्रियंका चोपडा देखिएकी छिन् । पोस्टरमा कोरियन भाषामा फिल्मको नाम र प्रियंकाको क्यारेक्टरको नाम पनि लेखिएको छ ।

‘द मैट्रिक्स रिसरेक्शन्स’

म्याट्रिक्स पुनरुत्थान डिसेम्बर १८ मा सान फ्रान्सिस्कोमा यसको विश्व प्रिमियर हुनेछ, त्यसपछि डिसेम्बर २२ मा विश्वव्यापी रिलीज हुनेछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?