लुङ्गी लगाएर सपिङमा निस्किइन् उर्वशी रौतेला, भिडियो भाइरल !

लोकपथ
3.8k
Shares

काठमाडौं । बलिउड अभिनेत्री उर्वशी रौतेला सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी इन्स्टाग्राममा आफ्ना तस्बिर र भिडियोहरू प्रायः सेयर गर्छिन् । धेरै तस्बिरमा उनको बोल्ड अवतार पनि देख्न सकिन्छ ।

उर्वशी रौतेला आफ्नो ग्ल्यामरस लुकका साथै सौन्दर्यका लागि पनि चर्चित छिन् । उनको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको हुन्छ । उनले फ्यानका लागि एउटा नयाँ भिडियो सेयर गरेकी छिन्, जसमा उनी लुङ्गी लगाएकी देखिएकी छिन् ।

उर्वशी रौतेला लुङ्गी लगाएर किनमेल गरिरहेको देखिएकी छिन् । उर्वशी रौतेलाले अपलोड गरेकी भिडियोमा लुङ्गी लगाएर किनमेल गर्दैछिन् । उनीसँगै अन्य दुई साथिहरु पनि छन् ।

भिडियोको सुरुमा उर्वशी हातमा सफ्ट ड्रिंक लिएर हाच्छिउँ गर्छिन् र त्यसपछि किनमेल गर्न थाल्छिन् । भिडियोमा सबैभन्दा खास कुरा के छ भने अभिनेत्री लुङ्गीमा देखिएकी छिन्, जसलाई लिएर उनका फ्यानहरु निकै अचम्ममा परेका छन् र कडा टिप्पणी गरिरहेका छन् ।

उर्वशीले लुङ्गीलाई फोल्ड गरेर छोटो स्कर्टको लुक दिएकी छिन् । उनले निलो कलरको क्रप टप लगाएकी छिन् । भिडियोमा अभिनेत्रीले क्याप्सन लेखेकी छिन्, ‘लुङ्गी भ्याकेसन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?