कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

लोकपथ
147
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

बुधबार बसेको कर्णालीको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री विश्वासको मत पाएका हुन् । उनको पक्षमा २२ मत परेको थियो ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उपस्थिती रहेको थिएन् । त्यस कारण आज प्रदेश सभामा उपस्थित २२ सांसदहरुले उनको पक्षमा मत दिएका थिए ।

प्रदेशसभामा माओवादी केन्द्रका १२, कांग्रेसका ६, एकीकृत समाजवादीका २ र राप्रपाका एकजना सांसद छन्।

उनलाई आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाको समर्थनमा विश्वासको मत पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?