‘आशिकी आ गई’ रिलिज : प्रभास र पुजा हेगडेको रोमान्टिक केमेस्ट्री

लोकपथ
1.2k
Shares

काठमाडौं । बाहुबली फेम अभिनेता प्रभास र अभिनेत्री पुजा हेगडेको बहुप्रतिक्षित फिल्म ‘राधे श्याम’ को प्रतीक्षामा रहेका फ्यानहरुका लागि खुसीको खबर आएको छ ।

चलचित्र राधे श्यामको पहिलो गीत ‘आशिकी आ गई…’ बुधबार सार्वजनिक भएको छ । यो गीत रिलिज हुनेबित्तिकै चर्चामा आएको छ । अरिजित सिंहको स्वरमा रहेको यो रोमान्टिक गीतले चर्चा कमाउने अनुमान गरिएको छ ।

प्रभास र पूजा हेगडे टी–सिरिजको लेबलमा रिलिज भएको यस गीतको शब्द मिथुनले लेखेका हुन् । यसको टिजर पनि हालै सार्वजनिक भएको थियो ।
प्रभास र पूजा हेगडे

प्रभास र पूजाको रोमान्टिक केमेस्ट्री पर्दामा देखिन्छ । गीतभरि प्रभास र पूजा एकअर्कालाई यस्तो रोमान्स गरिरहेको देख्न सकिन्छ कि गीत साँच्चै श्रोताको मुखबाट निस्किनेछ‘ हाम्रो आशिकी आ गई । तर, अन्तिममा फिल्मको क्लाइमेक्सलाई सस्पेन्समा राखिएको छ ।

चमक

गीत सार्वजनिक भएदेखि नै दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । उक्त गीत रिलिज भएको केही मिनेटमै लाखौं मानिसले हेरेका छन् र हजारौंले कमेन्ट गरेका छन् । फ्यानहरू सधैँजस्तै अरिजितको स्वरको तारिफ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?