ह्वावेले ल्यायो ‘सीड्स फर द फ्युचर’ कार्यक्रम

लोकपथ
117
Shares

काठमाडौं। ह्वावेले यस वर्ष ‘सीड्स फर द फ्युचर’ कार्यक्रम नेपालमा ल्याएको छ। यो कार्यक्रम ह्वावेले नेपालमा पहिलोपटक ल्याएको हो।
कम्पनीले काठमाडौँमा एक कार्यक्रम गरी सो कार्यक्रम ल्याएको जानकारी दिएको हो। कम्पनीले आफ्नो ग्लोबल फ्ल्यागशिप (सिइसआर) कार्यक्रम नेपालका सबै (आईसीटी) सम्बन्धित विषयहरूका स्नातक तहका विद्यार्थीहरूका लागि काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको छ।

‘सीड्स फर द फ्युचर’ २००८ मा पहिलोपटक थाइल्याण्डमा सुरु भएको थियो। त्यसपछि १३० देश र क्षेत्रबाट ९ हजारभन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइसकेका छन्। अक्टोबर ६ र नोभेम्बर ७ बीच ह्वावेले आफ्नो आवेदन पोर्टल ‘सिडस्नेपालडटकम’ मा नेपालभरबाट १३६ आवेदन प्राप्त गरेको थियो। जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला थियो।

प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि (आईसीटी) प्रोफेसरहरू मिलेर बनेको ‘फ्युचर सेलेक्सन कमिटी’ ले २० स्नातक विद्यार्थीहरू छनोट गरेको थियो। जसमा काठमाडौँ उपत्यका बाहिरका ४ जना छन्। जसले आठदिने अनलाइन प्रशिक्षणमा भाग लिनेछन्, घान्द्रुकमा रहेको ह्वावेद्वारा निर्मित ४ जी बेस स्टेशन भ्रमण गर्नेछन् र उद्योग विशेषज्ञहरुको कक्षामा उपस्थित हुन पाउने छन्।

उनीहरूले ‘टेक४गुड’ विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन्। जहाँ उनीहरूले सामाजिक र वातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन र २० हजार अमेरिकी डलरसम्मको पुरस्कार जित्न सक्नेछन्।

सो कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका राज्यमन्त्री बोधमाया कुमारी यादव प्रमुख अतिथि थिइन्। उक्त अवसरमा उनले ग्रामीण तथा दुर्गम क्षेत्रका सबै नेपालीको डिजिटल कनेक्टिभिटीमा पहुँच हुनुपर्नेमा जोड दिइन् । शिक्षा क्षेत्रका लागि डिजिटल कनेक्टिभिटी अपरिहार्य भएको उनको भनाइ छ।

‘डिजिटल विकासका लागि डिजिटल साक्षरता र डिजिटल प्रतिभाको विकास उत्तिकै महत्त्वपूर्ण छ’, उनले भनिन्।

कार्यक्रममा ह्वावे एसिया प्यासिफिकका उपाध्यक्ष जे चेनले यस क्षेत्रमा डिजिटल प्रतिभा विकासमा लगानी गर्ने ह्वावेको योजनाको बारेमा जानकारी दिँदै आगामी ५ वर्षमा ह्वावेले एसिया प्रशान्त क्षेत्रमा मात्रै ५ लाख आइसीटी प्रतिभा विकास गर्न थप ५ करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए।

त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङका डीन प्रो डा शशिधरराम जोशीले आवेदन समूहबाट अन्तिम २० जना विद्यार्थीलाई छनोट गर्न चुनौतीपूर्ण भएको बताए।

छनोट समितिमा रहेकी प्रो तिमिला यमी थापाले ह्वावेले महिलालाई समेत प्रतिभा विकास कार्यक्रममा सहभागी गराएकोमा निकै खुशी व्यक्त गरिन्।

ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङले नेपालमा आगामी ५ वर्षमा १० हजार आईसीटी प्रतिभा विकास गर्ने ह्वावेको प्रतिबद्धता दोहो¥याउने र सीड्स फर द फ्युचरको अर्को संस्करणमा थप महिला सहभागिताको अपेक्षा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?