काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा मालेका महासचिव सीपी मैनालीप्रति कटाक्ष गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाविधेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मैनालीको भनाइप्रति कटाक्ष गरेका हुन् ।
पहिले राजालाई गाली गर्नेगरेका मैनालीले अहिले राजाको बयान गरेको भन्दै कटाक्ष गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मैनालीले राप्रपामा प्रवेश गर्न लागेको हो कि भन्दै टिप्पणी गरे ।
‘सीपीजीले भनेको जस्तो म भन्दिनँ, भन्न सक्दिन् । पहिले राजालाई गाली गर्दै टाउको काट्नेमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो । तर आज महान् राजा भन्नुभयो । राप्रपाको अध्यक्ष बन्ने तयारी गर्दै हुनुहुन्छजस्तो लाग्यो, बधाई’, प्रचण्डले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले तीन अध्यक्ष एक भएका बेला एकताकाे महाधिवेशन गरेर राप्रपाले राम्रो सन्देश दिन खोजेको पनि बताए । एमालेतिर लक्षित गर्दै उनले पार्टी फुटाएर एकता महाधिवेशन नाम दिएको भन्दै कटाक्ष गरे ।
‘तपाईँहरुले राम्रो गर्नुभयो । तीन जना एक भएर एकता महाधिवेशन गर्नुभयो । पार्टीचाहिँ फुटाउने तर नामचाहिँ एकता राख्ने तपाईँहरुले त्यसो गर्नुभएन ।’
त्यस्तै राप्रपासँग आफ्नो विचार सिद्धान्त नमिले पनि राष्ट्रिय हितका विषयमा मत मिल्ने समेत बताए ।
‘तपाईँहरु र हाम्रो विचार मिल्दैन । तर राष्ट्रिय जनजीवन र राष्ट्रिय हितका विषयमा हाम्रो विचार मिल्छ’, प्रचण्डले भने, ‘म गणतन्त्रवादी, तपाइँहरु राजावादी । तर तपाईँहरुजस्तै म पनि राष्ट्रवादी ।’
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाको महाधिवेशनको शुभकामना दिँदै संधिवान निर्माणमा राप्रपाले सहयोग गरेको प्रति धन्यवाद समेत व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया