पार्टी इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षणमा उभिएको छ : लिङ्देन

लोकपथ
247
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टी इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षणमा उभिएको बताएका छन् । अध्यक्ष पदका उम्मेदवार समेत रहेका लिङ्देनले पार्टीको महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले राप्रपा नयाँ शक्तिको रुपमा उदय र विकास भइरहेको प्रस्ट्याएका छन् । लिङ्देनले पार्टीका नेता कार्यकर्ताले जीवन रोज्ने कि मृत्यु भनेर निर्णय गर्ने बेला आएको बताएका छन् । अघिल्लो महाधिवेशनमा प्रमुख तीन दलबीच राप्रपालाई कसले नजिक राख्ने भनेर प्रतिस्पर्धा चलेको स्मरण गर्दै राप्रपाले केही मन्त्री बनाउने र कुनै दलको पछि लाग्न सक्ने सम्भावना भए पनि राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र बनाउने हैसियत हासिल गर्न नसक्ने दाबी गरे ।

अध्यक्षको उम्मेदवार नबन्ने अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको निर्णयको स्वागत गर्दै उनले फेरि अध्यक्षमा दोहोरिन चाहेका कमल थापालाई पनि कार्यकारिणी भूमिका दाबी नगर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?