एमाले महाधिवेशनबारे के भन्छन् नेताहरु ?

लोकपथ
910
Shares

काठमाडौं । नेकपा एमालेका नेताहरुले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका छन् ।

नेकपा एमालेका नवनिर्वाचित सचिवद्धय योगेशकुमार भट्टराई, पदमा अर्याल र केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनले मुलुकको समस्या समाधान गर्नका लागि मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका हुन् । मंगलबार राति चितवनको सौराहामा नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित सचिव भट्टराईले मुलुकमा विद्यमान राष्ट्रिय मुद्धालाई राष्ट्र र जनताको हितमा समाधान गर्नेगरी आफ्नो पार्टीले मुलुकमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने सन्देश सो महाधिवेशनले दिएको बताए । उनले नेकपा एमालेप्रति जनताको अभूतपूर्व आशा, भरोसा र समर्थन रहेको सन्देश पनि महाधिवेशनले दिएको बताए । सचिव भट्टराईले भने, ‘महाधिवेशनको सन्देश नेपाली जनताको बीचमा नेकपा एमाले लोकप्रिय छ । नेकपा एमालेप्रति जनताको विश्वास, भरोसा र समर्थन अभूतपूर्व छ । नेकपा एमाले नै यो मुलुकको राष्ट्रिय राजनीतिको मुलुकलाई सही दिशामा नेतृत्व गर्न सक्ने राजनीतिक दल हो । र छिटोभन्दा छिटो नेकपा एमालेको नेतृत्वमा नयाँ म्यान्डेट प्राप्त गर्दै नयाँ सरकार निर्माण गर्नुपर्छ । र पार्टीलाई अझै सुदृढ र एकतावद्ध बनाउँदै जानुपर्छ । र आजको जतिपनि राष्ट्रिय मुद्धाहरु छन । ती राष्ट्रिय मुद्धालाई मुलुक र जनताको हितमा समाधान गर्नेगरी नेकपा एमालेले यो देशमा नेतृत्वदायी भूमिकाम खेल्नुपर्छ भन्ने म्यान्डेट अथवा सन्देश यो महाधिवेशनले दिन्छ ।’

एमालेकी अर्का सचिव पदमा अर्यालले नेपाली जनताका सपनालाई विपनामा परिणत गर्ने शक्ति आफ्नो पार्टी मात्रै भएको सन्देश महाधिवेशनले दिएको बताए । उनले त्यसका लागि नयाँ संकल्प र पार्टी भित्रको नयाँ एकताका साथ अघि बढनुपर्ने सन्देश पनि महाधिवेशनले प्रवाह गरेको दाबी गरे । सचिव अर्यालले भने, ‘नेकपा एमाले राष्ट्र र जनताप्रति समर्पित हुँदै नयाँ संकल्पका साथ, नयाँ एकताका साथ जतिपनि समस्याहरु छन । नेपाली जनताको जतिपनि सपनाहरु छन । ती सपनालाई विपनामा परिणत गर्नका लागि आजको दिनदेखि उद्घोष ग¥र्यो है भन्ने सन्देश जनतामा पुग्ने गरी सन्देश प्रवाह गर्न यो महाधिवेशन समक्ष भएको छ ।’

नवनिर्वाचित केन्द्रीय सदस्य महेश बस्नेतले पनि यो महाधिवेशनले मुलुकको नेतृत्व लिने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको सन्देश दिएको बताए । उनले केपी ओलीले अघि सार्नु भएको समृद्ध नेपालः सुःखी नेपालीको अभियानलाई अघि बढाउने जिम्मेवारी समेत एमालेको रहेको म्यान्डेट महाधिवेशनबाट प्राप्त भएको दाबी गरे ।

नेता बस्नेतले मुलुकको नेतृत्व गर्न केपी ओली सक्षम भएको र त्यसैलाई अनुमोदन गर्न महाधिवेशनको उद्घाटन सत्रमा लाखौं जनता सहभागी भएको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?