२७ श्रावण २०७९, शुक्रवार

राजधानीको पूर्वोत्तर क्षेत्रमा टेलिकमको एडिएसएल सेवामा समस्या

२०७८,मङ्सिर,१५,बुधबार १२:४९

63
Shares

काठमाडौं । राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने गरेका छन् । यस क्षेत्रका शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भागमा समेत एडिएसएल इन्टरनेट सेवामा समस्या आउने गरेको छ । यो क्षेत्र नेपाल टेलिकमको जोरपाटी र इन्द्रायणी शाखाले हेर्ने क्षेत्र हो

जोरपाटी–थली–साँखु र जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका क्रममा रहेकाले पनि यस क्षेत्रको एडिएसएल इन्टरनेट सेवामा समस्या आउने गरेको ग्राहक रश्मी पुडासैनीले बताइन् । तामाको तारबाट इन्टरनेट सेवा दिइने एडिएसएल सेवामा तार काटिएपछि हप्तौँ सेवा अवरुद्ध हुने गरेको छ । सडक विस्तारका क्रममा विद्युतका खम्बा सार्ने क्रममा टेलिफोनको तारमा समेत अवरोध आउने गरेको छ । टेलिफोनको तार भूमिगत गरिएको क्षेत्रमा सडक विस्तारका क्रममा ढल हाल्ने, खानेपानीको पाइप फेर्ने, मर्मत गर्ने गर्दा समेत एडिएसएल सेवाका ग्राहक मर्कामा पर्ने गरेका छन् ।

नेपाल टेलिकम जोरपाटी शाखाका कार्यालय प्रमुख पर्वतराज न्यौपाने सबैतिर ‘फाइबर टु होम’ अर्थात् एफटिटिएच सेवा विस्तार गर्ने योजना बनिसकेकाले तामाको तार नकिन्ने नीति कार्यालयले लिएको बताउँछन् । टेलिकमको यस्तो नीतिका कारण वर्षौँदेखि पुरानो भएको एडिएसएल सेवा बाँडिएका तामाका तार परिवर्तन हुनसकेको छैन । यसले गर्दा पनि एडिएसएल सेवा चलेका बेलामा राम्रोसँग काम गर्दैन ।

एडिएसएल सेवामा पाँच एमबिभन्दा धेरै गतिको इन्टरनेट सेवा दिन नमिल्ने भएकाले पनि ढिला हुने गरेको कार्यालय प्रमुख न्यौपानेको स्वीकारोक्ति छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले न्यूनतम् २५ एमबी गतिको इन्टरनेट सेवा दिएकाले एकपटक एडिएसएल सेवा जोडेर दुःख पाएका ग्राहकले कहिल्यै सरकारी कम्पनी नेपाल टेलिकमको एडीएसएल सेवा जोड्दैनन् ।

एडिएसएल सेवा जोडेर वर्षौँदेखि दुःख पाएका गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीका राकेश रसाइली पटक–पटक टेलिकमको शाखा कार्यालयमा गुणस्तर सुधारका लागि अनुरोध गरे पनि समस्या समाधान नहुने गरेको बताउँछन् । एडिएसएल सेवामा समस्या आउँदा आफूले सञ्चालन गरेको गोल्डेन मिसन एजुकेशन सेन्टरको काममा धेरैपटक समस्या भोग्नुपरेको उनले गुनासो गरे । यो समस्या लिएर पटक–पटक रसाइली जोरपाटी शाखा कार्यालय पुग्ने गरेका छन् । टेलिकमले पाँच वर्षअघिदेखि यस क्षेत्रमा एफटिटिएच सेवा विस्तार गर्ने भने पनि काम हुनसकेको छैन ।

पाँच वर्षअघि एक वर्षभित्र छिटोगतिमा इन्टरनेट सेवा दिने एफटिटिएच विस्तार गरिने भने पनि काम धेरै सुस्तगतिमा भएको ग्राहकको गुनासो छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१५,बुधबार १२:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतीय रियालिटि शोको फ्रेन्चाईज प्रोडक्ट “सुपर डान्सर नेपाल” लाई डिशहोमको साथ दिने भएको छ । आउँदो सातादेखी कान्तिपुर

काठमाडौं । प्रेस काउन्सिल नेपालले जथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालका

काठमाडौं । मोबाइल उत्पादक कम्पनी ओप्पोले नेपाली बजारमा ‘ए सिरिज’ अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए ७७’ सार्वजनिक गरेको छ ।

पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गईरहेको छ । नेपाल टेलिकमले जिल्लाका अधिकांश भू-भागमा मोबाइल सेवा

ताजा समाचार

बन्द प्रशिक्षणबाट बाहिरिए पन्ध्र खेलाडी
 २०७९,श्रावण,२७,शुक्रवार २०:०८
मिर्गौला रोगबाट ग्रसित एक पुरुष मृत भेटिए
 २०७९,श्रावण,२७,शुक्रवार १९:१८