माधव नेपालसँग विप्लव समूहका नेता ‘सुदर्शन’को भेट

लोकपथ
572
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का सचिवालय सदस्य हेमन्तप्रकाश ‘सुदर्शन’ बीच भेटवार्ता भएको छ ।

बुधबार बिहान भएको भेटवार्तामा नेकपा नेता सुदर्शनले अघिल्लो सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमित कार्यान्वयन, बन्दीको रिहाइमा सरकारले ढिलाइ गरेको बताएका थिए । भेटवार्तामा सुदर्शनले तीन बुँदे सहमतिमा आफ्नो पार्टी इमान्दार भए पनि सरकार कार्यान्वयनमा ढिलाइ गरेको बताएका थिए ।

जवाफमा अध्यक्ष नेपालले तीन बुँदे सहमति सरकारी तहमै भएकोले वर्तमान सरकारले कार्यान्वयन गर्नुमा आफ्नो धारणा रहेको बताए । यो विषयमा सत्तामा आफूले छलफल गर्ने र बन्दी बनाईएका नेता कार्यकर्ता रिहाईको लागि पहल गर्ने बताएका थिए ।

साथै, अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि तीन बुँदे सहमति कार्यान्वयनको विषय कसरी अगाडि बढेको भन्ने जानकारी लिने र त्यसमा आवश्यक सहयोग गर्ने वचन दिएका थिए ।

भेटमा सहभागी नेकपा युवा नेता भीम चापागाईँका अनुसार नेपालको जनमत कम्युनिस्टको पक्षमा भएकोले राष्ट्रियता र जनजीविकाको मुद्दामा दुवै पार्टीबीच सहकार्य गर्नुपर्नेमा दुवै नेता सहमत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?