सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
559
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ९ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा ४ सयले गिरावट आइ ९१ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९१ हजार रहेको छ । महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले गिरावट आएको छ ।

मंगलबार चाँदीको मूल्य १२ सय ५ रहेकोमा आज १२ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?