गोरेको निवेदन : जीवन रक्षा गरीपाउँ

३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्याका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीले जीवन रक्षाका लागि निवेदन दिएका छन् । 

बुधवार जिल्ला अदालत मोरङमा भएको बयानपछि अभियुक्त गोरले ज्यानको खतरा भएको भन्दै निवेदन दिएका हुन्।

गोरेले सुन तस्करीका मुख्य नाइकेहरुले सानु बमको त्रिभुवन विमानस्थल र प्रेमलाल चौधरीको महानगरीय प्रहरी बृत्त सिहंदरबारभित्र नै रहस्यमय मृत्यु भएको प्रसंग निकाल्दै मानवअधिकार्मीको रोबहरमा आफूलाई राख्न माग गरेका हुन्।

मंगलवार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका गोरेलाई बयानका लागि आज जिल्ला अदालतमा उपस्थित गराइएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?