सिरी ए फुटबल : युभेन्टस विजयी

लोकपथ
312
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हात पारेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले सालेरनिटानालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको २१ औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको ७० औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्टसलाई २-० को जित दिलाए ।

Image

यस्तै खेलको इन्जुरी समयमा डिबालाले पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

जितसँगै युभेन्टस १५ खेलमा २४ अंक जोड्दै तालिकाको सातौं स्थानमा रहको छ । सालेरनिटाना ८ अंक जोडेर पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?