कांग्रेस जिल्ला निर्वाचन अधिकृतद्वारा राजीनामा

RSS
0
Shares

नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन्।

पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन गराउन असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनले राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन् । पोखरेलले कांग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिको निर्वाचन गराउने जिम्मेवारी पाएका थिए

पटक–पटक सर्दै आएको कांग्रेस जिल्ला अधिवेशन आजदेखि मङ्सिर १९ गतेसम्म हुने तालिका तय भएको थियो । आज उम्मेदवारी दर्ता र १९ गते मतदानको कार्यक्रम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?