राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्नः के आयो निर्णय

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने बैठक बुधबार यहाँ सम्पन्न भएको छ । 

सो बैठकले राजनीतिक तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण र प्रशिक्षण सम्बन्धी कार्ययोजनालाई पारित गर्यो । 

निर्वाचनको संघारमा भएको पार्टी विभाजन, कमजोर संगठन, नेपाली काँग्रेससँगको तालमेललाई पराजयको मूल कारण ठहर गर्दै बैठकले पार्टीको विधान संशोधन, राजसंस्था सहितको लोकतन्त्र र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि सशक्त भएर जनतामा जाने निर्णय गर्यो । 

पार्टीले जेठदेखि माघ मसान्तभित्र छुवाछूतविरुद्ध राष्ट्रिय अभियान, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दू राष्ट्र जनचेतना कार्यक्रम तथा भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने र समान विचारधारा भएका व्यक्ति, समूह र दलसँग एकता र सहकार्य गर्ने भएको छ । 

सोही अवसरका आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले प्रजातन्त्र र संविधानको आवरणमा सर्वसत्तावाद कायम हुने खतरा बढ्दै गएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?