महाधिवेशनमा ५ लाख बढीको जनसहभागिता भयो : अध्यक्ष ओली

लोकपथ
49
Shares

काठमाडौं । एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटनमा ५ लाखभन्दा बढी जनसहभागिता भएको बताएका छन् । महाधिवेशनको बन्दसत्रको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘महाधिवेशनमा ५ लाखको सहभागिता हुने भनेका थियौँ । ५ लाखभन्दा बढी नै संख्या पुग्ने गरी, बाटाहरुले नथाम्ने, गाली ठाउँले नथाप्ने र यातायातले नछान्नेगरी जनसहभागिता भयो’, ओलीले भने ।

ओलीले महाधिवेशन सफल पार्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?