अध्यक्ष ओलीसहित निर्वाचित सबै पदाधिकारी र सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

लोकपथ
273
Shares

काठमाडौं । नेकपा एमालेले १०औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले पद तथा गोपनियताको शपथ गराएका छन् । ओलीले पार्टी विधानको धारा ६६ तीन अनुसार शपथग्रहण गरेका हुन् ।

त्यसैगरी, अन्य केन्द्रिय कमिटिका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष ओलीले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

एमालेका केन्द्रिय अनुशासन आयोगका अध्यक्ष केशव बडाल र लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेललाई निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले सपथ खुवाएका छन् भने केन्द्रिय अनुशासन आयोगका सदस्यहरुले अध्यक्ष बडालबाट र लेखा आयोगका अध्यक्ष कँडेलले सोही आयोगका सदस्यहरुलाई सपथ खुवाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?