काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वको अन्तिम नामावली सार्वजनिक हुँदैछ ।
चितवनको सौराहास्थित सेभेन स्टारमा नेता कार्यकर्ता तथा प्रतिनिधिहरु अन्तिम मत परिणाम सुन्न बसेका छन् । तर निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गर्न ढिलाई गरेपछि नेता कार्यकर्ता तथा प्रतिनिधिहरुलाई मनोरन्जन गराइएको छ ।
एमालेका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उक्त मत परिणाम आउन केही समय लाग्ने भन्दै नेता कार्यकर्ताहरुलाई राष्ट्रवादी गीत बजाएर मनोरन्जन दिन आग्रह गरेका हुन् । साथै बन्दसत्र हलमा उपस्थित कलाकारहरुलाई मञ्चमा आएर प्रतिभाहरु देखाउन समेत आग्रह गरे । अहिले कलाकारहरुले राष्ट्रवादी गीत गाएर मनोरञ्जन गराइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया