कर्णालीको प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

लोकपथ
77
Shares

काठमाडौं । कर्णाली प्रदेशको प्रदेशसभामा बैठक भोलि (बुधबार)सम्मका लागि स्थगित छ । बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सदस्यहरू अनुपस्थित रहेका कारण विश्वासको मतसम्बन्धी थप प्रक्रिया अघि नबढाई बैठक भोलिसम्मका लागि स्थगित गरिएको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । प्रदेशसभाको आजको बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उक्त प्रस्तावको मत विभाजन भने बुधबार बस्ने बैठकमा गराइने भएको छ ।

एमालेको १०औँ महाधिवेशन जारी रहेको र प्रदेशसभा सदस्यहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका कारण पनि मङ्गलबारको बैठक औपचारिकतामा सीमित भएको थियो ।

अधिवेशन सकिएकाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोलिको प्रदेशसभा बैठकमा सहभागी हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?