काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट ७ जना सचिवमा निर्वाचित भएका छन् । केही बेरअघि सकिएको मतगणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
कसले कति मत पाए ?
गोकर्ण विष्ट : १९७६
योगेश भट्टराई : १९६४
पद्मा अर्याल : १८००
छविलाल विश्वकर्मा : १८००
लेखराज भट्ट : १७०४
टोप बहादुर रायमाझी : १७००
रघुविर महासेठ : १५१३
भिम आचार्य : १३००
टंक कार्की : ५००
त्यसैगरी सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भएका छन् । त्यसैगरी यता अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया