उपाध्यक्षमा घनश्याम भुसाल पराजित, अष्टलक्ष्मीलाई सर्वाधिक मत

लोकपथ
793
Shares

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । ६ जना उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत प्राप्त गरेकी छिन् । शाक्यले २०९६ मतमध्ये उनले १९७६ मत पाएकी हुन् ।

त्यसैगरी, सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत प्राप्त गरे । घनश्याम भुसालले भने ७२५ मत प्राप्त गरेकी हुन् ।

भुसाल अध्यक्ष केपी शर्मा ओलीको सूचीमा परेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?