एमाले महाधिवेशन : उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यको अग्रता, कसको कति मत ?

लोकपथ
287
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार सम्पन्न निर्वाचनको मत गणना जारी छ ।

अध्यक्ष पदको मतगणना सकिएपछि उपाध्यक्षहरुको मत गणना सुरु भएको हो । पार्टीको विधान अनुसार ६ जना उपाध्यक्ष निर्वाचित हुनेछन् । तर ७ जनाको उम्मेदवारी परेको कारण निर्वाचन भएको थियो । जसमा सबैभन्दा बढी अष्टलक्ष्मी शाक्यले सबैभन्दा बढी मत प्राप्त गरेकी छिन् ।

उनले १ हजार ९ सय ७६ मत प्राप्त गरेकी छिन् भने घनश्याम भुसालले सबैभन्दा कम मत प्राप्त गरेका छन् । सुरेन्द्र पाण्डेले १९२५ सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत पाएका छन्।

घनश्याम भुसालले जम्मा ७२५ मत पाए। यद्यपि उपाध्यक्षको अन्तिम मत परिणाम भने आउन बाँकी रहेको छ ।

एमालेमा सर्वसहमतिमा नेतृत्व चयन गर्न नसकेपछि निर्वाचनको प्रक्रियामा गएको थियो । मंगलबार बिहान ४ बजेबाट निर्वाचन सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?