धुर्मुस सुन्तलीको ‘मायाले जीवन सजाऊ’ (भिडियाे)

लोकपथ
520
Shares

काठमाडाैं । कुमार कट्टेल (जिग्री) र अस्मिता अधिकारीको आवाजमा ‘मायाले जीवन सजाऊ’ बोलको गीत सार्वजनिक भएको छ । धुर्मुस सुन्तलीको वैवाहिक वर्षगाँठको अवसर पारेर मंगलबार उक्त गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतको भिडियोमा सिताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली) लाई देख्न सकिन्छ । भिडियोमा धुर्मुस सुन्तलीको वैवाहिक वर्षगाँठलाई विशेष रुपमा देखाइएको छ । एकअर्काको प्रेम, साथ र सहयोगले जीवन सुखमय बनेको र जीवनयात्रालाई अझै सुमधुर बनाउन दुवैको साथ उत्तिकै आवश्यक रहेको कुरा गीतमा देखाइएको छ ।

शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी र निर्देशन गरेका हुन् । गीतलाई धुर्मुस सुन्तली युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।

भिडियाे हेर्नुहाेस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?