सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबारमा आईसीएफसी फाइनान्सको अग्रता

लोकपथ
78
Shares

काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आज सेयर बजारमा सामान्य अंकको गिरावट देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १.६४ अंकले घटेर २६२८.३७ बिन्दुमा झरेको छ ।

यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक भने ०.१८ अंकले बढेर ४९५.६३ बिन्दुमा पुगेको छ ।

आइतबार कुल २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कुल १३ उपसमूहमा ६ वटा मात्र समूहको सेयरमूल्य बढेको छ भने बाँकी ७ वटा समूहको सेयर मूल्य घटेको छ ।

आज न्यादी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

आज कारोबार रकमको आधारमा आईसीएफसी फाइनान्सले अग्रता कायम गरेको छ । कम्पनीले १६ करोड २ लाख ७६ हजार ५५२ रुपैयाँको कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?