२ माघ २०७८, आईतवार

राष्ट्रिय क्रिकेट : बागमतीको रोमाञ्चक जित

२०७८,मङ्सिर,१४,मंगलवार १५:१७

117
Shares

काठमाडौं । उन्नाइस वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकालेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको विजयी लक्ष्य बागमतीले १९ दशमलब ५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । यससँगै पाँच खेलमध्ये बागमतीले दुई खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ ।

त्यस्तै पाँच खेलमध्ये चार खेलमा पराजय भोगेको कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ । बागमतीलाई जित दिलाउन विवेक मगरले सर्वाधिक १८ रनको योगदान दिए भने क्रिस कार्कीले १२ तथा उत्तम मगरले ११ रनको योगदान गरे । बलिङतर्फ कर्णालीका अनुज चानाराले सर्वाधिक ५ विकेट लिए भने प्रकाश जैसी, सुवास ऐयर र युनिस सिंहले समान एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको कर्णाली २७ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । कर्णालीका लागि कप्तान निश्चल रावलले सर्वाधिक १५ रन जोड्दा सन्दीप शाही १४, विपीन रावल १२ तथा रुपक दाहाल १० रनमा आउट भए ।

बागमतीका गौतम केसी एक्लैले चार विकेट हात पारे । विशाल यादवले ३, क्रिस कार्कीले २ र विपुल खनालले १ विकेट लिए । कर्णालीले आफ्नो अन्तिम खेल बिहीबार मूलपानीमा प्रदेश २ सँग खेल्नेछ भने बागमतीले शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमसँग खेल्नेछ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१४,मंगलवार १५:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्ट्राइकर विमल घर्ती मगरको दुई गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४-० ले पराजित गर्दै सहिद स्मारक

काठमाडौं । नेपाल पुलिस क्लबविरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिएपछि अपरान्ह पौने ५ बजे तय

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश-१ लाई सात विकेटले पराजित गरेको छ

काठमाडौं । दाबेदार मनाङ मर्स्याङ्दी क्लब नवप्रवेशी सातदोबाटो युथसँग १–० ले स्तब्ध भएपछि जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६